अमरेशकुमार सिंह संसद बैठकै अर्धनग्न बने !(भिडियोसहित)

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह अर्धनग्न बनेका छन । सांसद सिंहले बोल्नका सभामुख देवराज घिमिरेसँग आकस्मिक समय माग गरेका थिए । तर सभामुख घिमिरेले सांसद सिंहलाई समय नदिएपछि त्यसको बिरोधमा उनले गञ्जी र सर्ट फुकालेर बिरोध जनाए । सांसद सिंह संसद बैठकमै अर्धनग्न भएपछि सभामुख घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका थिए । सिंह सर्लाहीबाट निर्वाचित सांसद हुन।