सर्वोच्चद्वारा ढाकाकुमारमाथिको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिटको रिटमाअल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठको रिटमाथि सुनुवाइ गर्दै रास्वपालाई कारण देखाउ आदेश जारी गरेको हो । व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद र पार्टीको साधारण सदस्यसमेत नरहेने गरी निष्कासन गरेको थियो । उनले आफूलाई फसाउन षड्यन्त्र भएको भन्दै अदालतबाट क्लिन चिट लिएर आउने दाबी गर्दै रिट दायर गरेका थिए । रास्वपाले गरेको कारबाही सदर गर्दै सभामुख देवराज घिमिरेले उनको पद रिक्त भएको संसदमा जानकारी गराइ सकेका छन । तर अदालतले हटाउनुपर्ने कारण देखाउन आदेश दिएको छ । अब थप अर्को आदेश पर्खिनुपर्नेछ ।