टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिएका रायमाझीको सातदाेबाटाेस्थित घरमा काठमाडौंको प्रहरी छापा मार्न पुगेको हो । उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । हाल उनी सम्पर्कविहीन छन् । प्रहरीले हिजोमात्र देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीलाई खोजी गर्न भनेको थियो ।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझी प्रहरीको सम्पर्कमा आउछु भने पनि नआएपछि प्रहरी एक्सनमा उत्रिएको छ । तैपनि रायमाझी फरार छ । शरणार्थी प्रकरणमा रायमाझीका छोरी सन्दीप भने पक्राउ परिसकेका छन् । अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीसहित यस प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् । यस्तै, टोपबहादुरका छोरा सन्दीपका नाममा गिरोहले काटेको डेढ करोडको चेक प्रहरीले बरामद गरिसकेको छ । उक्त प्रकरणमा गएको १२ चैतमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ परिसकेका छन् भने यस प्रकरणमा मुछिएका बादलका छोरा प्रतिक थापा पनि प्रहरीको निगरानीमा छन् । तर, पक्राउ परिसकेका छैनन् ।