एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

२०८० बैशाख २७ गते, बुधबार


काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरेको छ । महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका रायमाझीलाई अनुसन्धान र कारबाहीको टुंगो नलागुन्जेल एमालेले निलम्बन गरेको जानेको छ । विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय सचिवालयको निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कार्बाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ ।’
अदालतले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेदेखि उनी फरार छन् । मंगलबार रायमाझीको सातदोबाटोस्थित निवासमा पनि प्रहरीले छापा मारेको थियो । तर उनी फरार छन् । शरणार्थी प्रकरणमा प्रहरीले उनका छोरा सन्दीप सहित १० जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]