अनेमसंघ क्रान्तिकारी पश्चिम दाङको अध्यक्षमा प्रकृती सी

२०८० जेष्ठ १ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी पश्चिम दाङको अध्यक्षमा प्रकृती सी निर्वाचित भएकी छिन ।
आइतबार तुलसीपुरमा सम्पन्न सङ्घको दशौं जिल्ला सम्मेलनले प्रकृती सीलाई अध्यक्षमा निर्वाचित गर्दै २५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा कमला सी , सचिवमा अरुणा सी , सह-सचिवमा बन्दना सी र कोषाध्यक्षमा बिन्दु सीलाई निर्वाचित गरिएको छ भने सदस्यहरुमा रमा सी , शान्ती सी , भावना सी , तता सी , भिमा सी , शुसिला सी , अमृता सी , श्रीजना सी , सीता सी , चन्द्रकला सी , माया सी , तुल्सी सी , मोती सी , कमला सी , माया रावत सी , कल्पना सी , पवित्रा सी र मिना सी रहेका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीले वर्गसंघर्षको कुशल नेतृत्व महिलाहरुले गर्न सक्ने बताए । नेता शितलले भने – ‘महान जनयुद्धमा पनि महिला कमरेडहरुले वर्गसंघर्षमा थुप्रै लडाइहरुको कुशल नेतृत्व गरेको इतिहास छ । अहिलेको एकीकृत जनक्रान्तिमा पनि महिलाहरुको वर्गसंघर्षमा कुशल नेतृत्वको आवश्यकता पार्टीमा रहेको छ । वर्गसंघर्षलाई राम्रो अनुभव गरेका महिलाहरुले यो जिल्लालाई नेतृत्व गर्ने कुराले हामिलाइ खुशी लागेको छ ।’
महिलाहरुमाथी अहिले लघुवित्तले ज्यादती गरिरहेको छ , उहाँले थप्नुभयो, ‘गाउँ गाउँमा लघुवित्तले विभिन्न उधममा सघाउने नाममा महिलाहरुलाई मर्न बाध्य बनाएको छ त्यसका विरुद्ध क्रान्तिकारी महिलाहरुले कारवाही अगाडि बढाउनुपर्ने हुन्छ । महिलाहरुमाथी अहिलेपनी विभिन्न बिभेदका शृङ्खलाहरु हुने गरेका छन् । बिभेदको जरो अझै उखेलिएको छैन । जवसम्म देशमा दलाल पुजीवादी राज्यसत्ताको विकल्पमा नयाँ वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना हुँदैन तबसम्म महिला मुक्ती सम्भव छैन्।’
उनले वैज्ञानिक समाजवादमा महिलाहरु अधिकार सम्पन्न हुने उल्लेख गर्दै भने ,‘बिभेदका जन्जालबाट मुक्त हुन्छन् । पुरुष सरह ज्याला पाउछन् । राज्यसत्तामा समान सहभागिता कायम हुन्छ । समाजवादमा महिलालाइ माल/वस्तुको रुपमा होइन गहनाको रुपमा चिनिन्छ । महिला हिंसा पुरै अन्त्य हुन्छ ।’
साम्राज्यवादको हावामा युवतीहरु समेत बिदेशिने गरेका छन् । उनले भने – ‘यहाँको दलाल पुजीवादी संसदीय व्यवस्थाले युवतीहरुलाइ समेत बिदेश जान बाध्य वनाएको छ । त्यसैले यो सत्ताका विरुद्ध जनयुद्धमा जस्तै राइफल बोक्न तयार हुने हो बिदेश जाने सोच्नु हुँदैन ।’
नेता शितलले भ्रष्टाचारी , मिटरव्याजीहरु राज्यको संरक्षणमा भएकाले राज्यले कार्वाही गर्न नसक्ने भन्दै भ्रष्टाचारीलाई नेकपाले कारवाही गर्ने बताए ।
उक्त कार्यक्रममा अनेमसंघ क्रान्तिकारी पश्चिम दाङको दशौं जिल्ला सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम राप्ति ब्युरो कार्यालय सचिव विकाश सी , अनेमसंघ क्रान्तिकारीका राप्ती ब्युरो इन्चार्ज अशोका सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली सी , अनेमसङ्घ क्रान्तिकारीका केन्द्रीय सदस्य रेखा सी , अखिल नेपाल गणतान्त्रिक खेलकुद महासंघका लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी , युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज जिवनी सी , अनेमसङ्घ क्रान्तिकारी पुर्वी दाङ जिल्ला अध्यक्ष साधना सी , नेकपा तुलसीपुर उपमहानगर कमिटिका इन्चार्ज भुवन सी , नेकपा बबई गाउँकमिटीका इन्चार्ज उज्वल सी , अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका राप्ती ब्युरो इन्चार्ज बिजय सी , मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य तथा एकीकृत जनक्रान्तिका सहिद महानकि जीवनसंगिनी मालती सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओलीले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अनेमसङ्घ क्रान्तिकारी पश्चिम दाङको दशौं जिल्ला सम्मेलन आयोजक समितिका सदस्य खिमा सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सम्मेलन आयोजक समिती सदस्य अरुणा सीले गरेकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]