कृषी बीमा बन्द गर्ने घोषणा !

काठमाडौँ । नेपाल बिमक संघले कृषी बीमालेखको बिक्री बन्द गर्ने घोषणा गरेको छ । कृषि बीमाको दाबीवापत पाउनुपर्ने झण्डै ३ अर्ब रुपैयाँ भुक्तानी नपाएपछि निर्जीवन बीमा कम्पनीहरूको संस्था नेपाल बिमक संघले विज्ञप्ती जारी गर्दै जेठ ७ गतेदेखि कृषी बीमालेख जारी गर्न र बीमालेख अन्तर्गतको दाबी भुक्तानी दिन बन्द गर्ने घोषणा गरेको हो । संघका अनुसार बाली बिमा अनुदानको रकम २०७८ असोजदेखि चैत सम्मको आंशिक पाएपनि अरु रकम पाउन बाँकी छ । माछापालन बीमा अनुदान वापतको रकम २०७७ सालदेखि नै बीमा कम्पनीहरूले भुक्तानी पाएका छैनन् । पशुपङ्क्षी बिमाको रकम २०७८ असोज देखी बाँकी रहेको छ ।

‘बीमा कम्पनीहरुले बीमा ऐन नियमावली नियामकको निर्देशिका र परिपत्रको आधारमा काम गरेकोले बीमा प्रधिकरणले जारी गरेको निर्देशिका बमोजिम कार्य गरेका कम्पनीको भुक्तानी रोक्दा नेपाल सरकारको कृषी योजनामा नै नकारात्क प्रभाव पार्ने हुँदा नियामक निकाय नेपाल बीमा प्राधिकरण, कृषि विभाग र कृषि तथा पशुपंछि मन्त्रालयको गंभीर ध्यानाकर्षण गराउँछौँ’ विज्ञप्तिमा भनिएको छ ।
सरकारबाट उपलब्ध गराउनुपर्ने रकम उपलब्ध गराउन पटक पटक लिखित र मैखिक अनुरोध गर्दा पनि उक्त रकम उपलब्ध नहुँदा बीमा कम्पनीहरु जोखिममा परेको पनि संघले जनाएको छ ।