लोकतन्त्र र गणतन्त्रको सदुपयोग हुन सकेन

२०८० जेष्ठ १ गते, सोमबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन नसकेको बताएका छन । विद्यार्थी दिवसको अवसरमा आयोजित ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भएपनि त्यसको खास सदुपयोग हुन नसकेको स्पष्ट पार्दै अहिले पनि जनताका गाँस, बासका समस्या, राष्ट्रियताका समस्याले देश ग्रस्त रहेको बताए । उनले देशको आर्थिक अवस्था चिन्ताजनक रहेको उल्ल्ेख गर्दै राजनीतिक अस्थिरता, शिक्षा, स्वास्थ्य रोजगारीको कमी हुँदा युवाहरु विदेश पलायन भइरहेको र लोकतन्त्र, गणतन्त्र ल्याउनेहरुबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा रहेको ठोकुवा गरे । अध्यक्ष के सीले देशमा शिक्षा, स्वास्थ्य रोजगारी व्यापारीको हातमा भएको र शक्तिकेन्द्रहरु रमाइरहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]