सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । उक्त भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको बताइएको छ । भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु ।’
संसद् सञ्चालनका लागि सभामुख घिमिरेले सबै दलसँग समन्वय र सहकार्यको प्रयास गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले सह्राना पनि गरेका थिए । आजबाट संसदीय समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको भन्दै उनले संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको पनि बताएका थिए ।