नेपाल कम्युनिस्ट पार्टी, उपत्यका ब्यूरोको बैठक सम्पन्न

२०८० जेष्ठ ५ गते, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी , उपत्यका ब्यूरोको पहिलो योजनाको तेस्रो पुर्ण बैठक सप्पन्न भएको छ । कृति सिको अध्यक्षतामा बसेको उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य प्रज्वल सि को आतिथ्यता रहेको थियो ! बैठकमा उपत्यकामा कार्यरत पार्टी केन्द्रीय सदस्यहरु, केन्द्रीय प्रतिनिधि सदस्य र ब्यूरो सदस्यहरुको उपस्थिति थियो । बैठकमा पार्टी डिसिएस र ईन्चार्जले कार्यक्षेत्रको रिपोर्ट तथा समसामयिक बिसयमा सुझावहरु प्रस्तुत गरेका थिए । बैठकमा उपस्थित अतिथि प्रज्वल सि ले नेपालको राजनीतिक परिस्थिति र क्रान्तिकारीहरुले निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा धारणा राखेका थिए । बैठकका अध्यक्ष तथा उपत्यका ब्यूरो इन्चार्ज कृति सि ले बैठकमा उठेका बिषयमा प्रष्ट पार्दै आगामी योजनाको कार्यान्वयनमा दृढताका साथ लाग्न निर्देशन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]