प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणका बारेमा पूर्व प्रधानमन्त्रीलगायतसँग छलफल गर्दै

२०८० जेष्ठ १४ गते, आईतवार

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जानु अघि पूर्व प्रधानमन्त्री लगायतसँग सामुहिक छलफल गर्ने भएका छन्। प्रधानमन्त्री प्रचण्डले आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा दुई चरणमा सामुहिक छलफल गर्न लागेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार पहिलो चरणमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शिर्ष नेता, पूर्व परराष्ट्र मन्त्रीलगायतसँग चरणमा छलफल गर्नेछन्। जुन छलफल २ बजेवाट सुरु हुनेछ। उनका अनुसार दोस्रो चरणमा कुटनीतिक परामर्श गर्नेछन्, जुन छलफलमा पुर्व परराष्ट्र मन्त्रीहरु तथ भारतका लागि पूर्व नेपाली राजदूतसँग छलफल हुनेछ। दोस्रो छलफल ३ः३० बजे हुनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री भ्रमणका क्रममा (१७ गतेदेखि २० गते) चार दिन भारतमा रहनेछन् । भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति द्रोपदी मुर्मु र उपराष्ट्रपति हामिद अंसारीसँग भेटवार्ता गर्नेछन् । भारतीय समकक्षी मोदीसँग द्विदेशीय साझेदारीका विविध क्षेत्रमा छलफल गर्ने कार्यतालिका रहेको छ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रूपमा आयोजना गरेको नेपाल-भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले भारतका लागि नेपाली राजदूत शङ्कर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन्। प्रधानमन्त्री प्रचण्ड जेठ २० मा काठमाडौँ फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ।

प्रतिक्रियाहरु

[anycomment]