अखण्ड भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु राखिएको प्रति विरोध प्रदर्शन

२०८० जेष्ठ २३ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले अखण्ड भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु राखिएको विरोधमा जनप्रदर्शन तथा कोण सभा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तु पूर्वी जिल्लाले ताैलिहवामा स्थानीय जनतासहित जनप्रदर्शन तथा काेणसभा गरेकाे छ भने नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तु जिल्लाले पनि चन्द्राैतामा स्थानीय जनतासहित मसालजुलुस सम्पन्न गरेको छ ।
कपिलवस्तु तौलिहवाको बुद्ध पदम विद्यालयको प्राङ्गनबाट सुरु भएको जुलुस प्रदर्शन मुकाम परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय अगाडि कोण सभामा परिणत भएको थियो । काेणसभालाई नेपाल कम्युनिस्ट पार्टीका पूर्वी कपिलवस्तु जिल्ला इन्चार्ज सुनिल सीले सम्बाेधन गरेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी दिपक सीले गरेको बताइएको छ ।
यसैगरी भारतले आफ्नो ससंदभवनमा राखेको अखण्ड भारतकाे नक्सामा नेपालको कपिलवस्तु, लुम्बिनीलाई समावेश गरेकाे विरोधमा नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तु जिल्लाले चन्द्राैतामा स्थानीय जनतासहित मसालजुलुस गरेको छ । मसाल जुलुसकाे नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सी र जिल्ला सचिव पाबेल सीले गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार