नेपाल कम्युनिष्ट पार्टी रुकुम पुर्वको सचिवमा जुद्ध सी

२०८० जेष्ठ २४ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी रुकुम पुर्व जिल्लाको प्रथम सम्मेलनले जुद्ध सीको नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । वैज्ञानिक समाजवादी राज्य व्यवस्थाका लागि एकीकृत जनक्रान्तिको आन्दोलन , जन आधारित पार्टी र नेतृत्व निर्माणका लागि प्रथम जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको हो । नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीको प्रमुख आतिथ्य तथा नेकपाका केन्द्रीय सदस्य चन्द्र सी , नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य तथा राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , अखिल (क्रान्तिकारी) रुकुम पश्चिमका जिल्ला अध्यक्ष धनु सीको बिशेष आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो ।
नेकपाका नेता पृथ्वी सीको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलनको संचालन राकेश सीले गरेका थिए भने सम्मेलनको अध्यक्षता नवनिर्वाचित पार्टी जिल्ला सचिव जुद्ध सीले गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]