वैज्ञानिक समाजवाद ल्याउन संघर्ष अनिबार्य
 
                
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय पोलिटब्युरो सदस्य तथा गण्डक ब्युरो इन्चार्ज राजन सिले वैज्ञानिक समाजवाद ल्याउन संघर्ष गर्नु पर्ने बताएका छन् । अखिल (क्रान्तिकारी) कास्कीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
नेता राजन सिले जनताको लागि भनेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र भ्रष्टाचारी, दलालीहरुको सिस्टममा चलेर जनताको लागि काम गरेन अब वैज्ञानिक समाजवाद ल्याउन र यसको बाटोमा संघर्ष गर्नु पर्ने बताए ।
उनले असम्भव भनेको त मुर्खहरुको डायरीमा मात्र हुन्छ भन्दै नयाँ कार्यसमितिलाई हौसला दिए । आफुहरुले १०/१५ वर्ष लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र दुखी, गरिव, निमुखा जनताको लागि काम नगरेको भन्दै दुखसमेत व्यक्त गरे ।
उक्त बैठकमा संगठनका केन्द्रिय सचिवालय सदस्य तथा गण्डक ब्युराे इन्चार्ज प्रकाश सिले आफुहरुको संगठन पहिलाको भन्दा धेरै प्रभावकारी भएको र विद्यार्थीको हरपलको साथी भएको बताए । विभिन्न शैक्षिक, सामाजिक, राष्ट्रियता र जनजिविकाको पक्षमा अग्रसर रहि समस्याको हल गर्दै आएको पनि बताए । अखिल (क्रान्तिकारी) साथी बिहिनको साथी, साहारा बिहिनको साहारा भैरहेको बताउदै जिल्लाको गत ७ गते सम्पन्न जिल्ला भेलाबाट नवनिर्वाचित कार्यसमितिलाई सफलकार्यकालको शुभकामना समेत दिए ।
उक्त बैठकमा पार्टी केन्द्रिय प्रतिनिधि सदस्य तथा कास्की जिल्ला सेक्रेटरी काजी सिले प्रशिक्षण दिदै विगतमा पार्टी नफुट्दा संगठनको जिल्ला कार्यसमिति जस्तो थियो त्यो भन्दा राम्रो र जुझारु कार्यसमिति बनेको बताए । शिक्षकको बन्द , घरपरिवारको लापरबाहीबाट बाहिर रहेको भन्दै उनलेे भने, ‘अब विद्यार्थीले देश, माटो, भविष्य जस्ता कुराहरु पढ्नु पर्छ डिग्रीले चेतना दिदैन, राजनीतिकले दिन्छ ।’
उक्त बैठक संगठनका जिल्ला अध्यक्ष केश सीको अध्यक्षता तथा पार्टीका पोलिट ब्युरो सदस्य तथा पश्चिम गण्डक ब्युरो इन्चार्ज राजन सीको प्रमुख आतिथ्यता र अतिथिहरु पार्टी केन्द्रिय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उभार सि, पार्टी केन्द्रिय प्रतिनिधि सदस्य तथा कास्की जिल्ला सेक्रेटरी काजी सि, संगठनका केन्द्रिय सचिवालय सदस्य तथा पश्चिम गण्डक ब्युरो इन्चार्ज प्रकाश सि, संगठनकै केन्द्रिय सदस्य तथा क्याम्पस जिल्ला अध्यक्ष सचिन सि र क्याम्पस जिल्ला सचीव देव सि लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।
बैठकको संचालन अध्यक्ष केश सि ले गरेका थिए ।

 
                 
                             
                             
                         
                         
                        