नेकपाद्वारा उपत्यकामा स्कुलिङ कार्यक्रम सुरु

२०८० जेष्ठ ३१ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौमा उपत्यकामा स्कुलिङ कार्यक्रम सुरु गरेको छ। सो पार्टीको कपुरधारास्थित कार्यालयमा औपचारिक रुपमा सञ्चालन भएको सो कार्यक्रममा नेकपा केन्द्रिय स्कुल बिभाग इन्चार्ज भरत सी, पोलिटब्युरो सदस्यहरु प्रज्वल सी, कृति सी, स्कुल बिभाग प्रमुख भेषराज सी र प्रयास सी लगायत केन्द्रिय स्कुल बिभाग र उपत्यकामा रहेका नेताकार्यकर्ताहरुको सहभागिता रहेको छ।
उक्त स्कुलिङमा दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र , बैज्ञानिक समाजवाद,कम्युनिस्ट आन्दोलन र एकीकृत क्रान्तिबारे प्रशिक्षण गरिने छ भने कार्यक्रम आगामी ४ दिन सम्म सञ्चालन हुने बताईएको छ।

प्रतिक्रियाहरु

[anycomment]