मुख्य सचिवमा डाक्टर वैकुण्ठ अर्याल नियुक्त
२०८० जेष्ठ ३२ गते, बिहीबार
काठमाडौं । मन्त्रिपरिषद बैठकले हालका मुख्य सचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्दै रिक्त मुख्य सचिव पदमा डाक्टर वैकुण्ठ अर्याल नियुक्तलाई नियुक्त गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सो नियुक्ति गरेको हो ।
सरकारले असोजमा अवकाश हुने मुख्य सचिव शंकर वैरागीलाई राजीनामा गर्न लगाएर अर्याललाई नियुक्त गरेको हो । हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।
मन्त्रिपरिषद्को बैठकले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरेको हो ।