नेकपा सुर्खेतद्वारा लेनदेन सम्बन्धी परेको उजुरीमा मेलमिलाप
२०८० जेष्ठ ३२ गते, बिहीबार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले लेनदेन सम्बन्धी परेको उजुरीमा दुवै पक्षबीच छलफल गराई मेलमिलाप गराएको छ। सो पार्टीको कार्यालयमा ज्योती हमालले दिएको लेनदेन सम्बन्धी परेको उजुरी अनुसार सुर्खेत वीरेन्द्र नगर १ घर घर भएका विजय खड्काले लामो समयदेखि घडेरी दिन्छु भनी लगेको रकम नदिएर दुःख दिएको र सो विषयमाथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज धुर्ब सीको विशेष उपस्थिति र सचिव जीत सी को उपस्थितिमा बृहत छलफल गरी मेलमिलाप गराइएको हो