प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन
२०८० असार १ गते, शुक्रबार
काठमाडौं। संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ। याेसँगै कार्की प्रधानन्यायाधीशमा नियुक्त हुने पाका भएको छ । बिहीबार समिति बैठकमा आफ्नो कार्ययोजना पेस गरेका कार्कीलाई शुक्रबार उनीविरुद्ध परेको उजुरीबारे सांसदले प्रश्न गरेका थिए। आफूमाथि लगाइएको आरोप प्रमाणित भए तत्कालै राजीनामा दिनेसमेत बताएका थिए। संवैधानिक परिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। बिहीबार सुनुवाई समितिले कार्कीको नाम अनुमोदन गरेसँगै राष्ट्रपतिबाट नियुक्तिका लागि बाटाे खेलेकाे हाे।