‘प्रायोजित रूपमा आर्थिक संकट सिर्जना गरिएको छ’
![](https://janakhabar.com/wp-content/uploads/2023/06/simi.jpg)
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचार प्रसार बिभाग इन्चार्ज अनिल सीले प्रायोजित रूपमा आर्थिक संकट सिर्जना गरिएको ठोकुवा गरेका छन। आइतबार जनसञ्चार तथा प्रकाशन प्रालीद्वारा पोखरामा आयोजित `आर्थिक- राजनीतिक संकट, सञ्चारमा त्यसको प्रभाव र दायित्व बिषयक´ अन्तर्कृया कार्यक्रमलाई सम्बोधन नेता अनिल सीले सो ठोकुवा गरेका हुन्।
नेता अनिल सीले सिमित व्यक्ति र वर्गको स्वार्थको कारण देशमा प्रायोजित ढङ्गले आर्थिक संकट पैदा गरिएको ठोकुवा गर्दै भने – “देशमा अहिले चरम आर्थिक संकट छ, स्थिति निकै असहज र अस्तव्यस्त छ, देशमा आजको आर्थिक संकट आउनुका पछाडि विभिन्न कारणमध्ये २०४६ पछि लिएका गलत आर्थिक नीतिहरुले पनि संकट निम्त्यायो- नेता अनिल सी ले भने-देशमा कुनै युद्द पनि छैन,एउटा निश्चित वर्ग र सिमित व्यक्तिको स्वार्थका कारण प्रायोजित रूपमा आर्थिक संकट सिर्जना गरिएको छ।”
नेता अनिल सीले नेपालमा बिगत लामो समयदेखि जुन अस्थिरताको समस्या छ भन्दै यसको पछाडी राणाकालदेखि पटकपटक पात्रहरु मात्रै बदलिए तर समाजको वर्गसंरचना यथावत रहेकोले यस्तो समस्या हल हुन नसकेको बताए। उनले नेपालका मिडियाहरुमा बिदेशी लगानी बढ्दै गएकोले सामग्रीको उत्पादन र सम्प्रेषणमा पनि उनिहरुको नियन्त्रण कायम हुँदै गएको तथा साना मिडिया, छापा माध्यम लगाएत जनताका पक्षमा काम गरिरहेका सञ्चार माध्यमहरु संकटमा रहेको बताए ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासघका पुर्व अध्यक्ष डा. सुरेश आचार्यले २००७ सालयता देशमा राजनितिक अस्थिरता चलिरहेको र कुनै पनि सरकारले आफ्नो कार्यकाल पूरा गर्न नसकेको बताए ! आचार्यले नेपालको निर्वाचन प्रणाली नै अस्थिर राजनितिको मुल कारण रहेको भन्दै सत्ता प्राप्तीको खेलले थप अस्थिरता भएको बताए । उनले थपे हिजोकै सिद्दान्त बेचेर आजको राजनितिक पसल नचल्ने ठोकुवा गरे । उनले चिनले आफ्नो अर्थतन्त्रमा उदारीकरण निति अपनाउदै देशलाई समृद्दको दिशामा अगाडि बढाउदा त्यही सिद्दान्तलाई मार्गदर्शक मान्ने नेपालका कम्युनिष्टले सन्चालन गरेको सत्ता किन अव्यवस्थित भएको भन्दै प्रतिप्रश्न गरेका थिए । देशको बेरुजु पछिल्लो ५ बर्षमा ९ खर्ब पुगेको , बिकास बजेट १७% मा सिमित भएको र बजेटको आधा भन्दा धेरै खर्चअसारमा हुन्छ, देश बनाउने भन्दा नि बजेट कसरी सक्ने भन्ने कुरा मुख्य रहेको समेत बताए ।
यसैगरी, उक्त कार्यक्रममा उधोग बाणिज्य संघका पुर्व केन्द्रीय अध्यक्ष तथा व्यबसायी आनन्दराज मुल्मीले नेपालको अर्थतन्त्रमा ठूलो योगदान मिडिया क्षेत्रमा रहेको भन्दै मुलुकको अर्थतन्त्र र राजनीतिक परिवर्तनमा बिकासमा मिडियाको भुमिका अवमूल्यन गर्न नमिल्ने बताए ।
तर मिडिया व्यवस्थापन र जनपक्षीय हुन नसकेको उनको टिप्पणी थियोे । कार्यक्रममा प्रेस युनियनका नेता गंगाधर पराजुली,प्रेस चौतारीका प्रदेश ईन्चार्ज रामकृष्ण ज्ञवाली,प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव माधव पनेरू,जनपत्रकार संगठन नेपालका अध्यक्ष सेर बहादुर सि,नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष नारायण शर्मा,कास्की अध्यक्ष बिमला भण्डारी लगायतले राजनीतिक अस्थिरताले मिडिया व्यवस्थापन जटिल भएको बताए ।
उक्त कार्यक्रमको सहजीकरण प्रकाश डुम्रेले गरेका थिए ।