‘संसदीय व्यवस्थामा जान समाजवादी मोर्चा बनाइएको होइन ‘

२०८० असार ७ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पश्चिम गण्डक ब्युरो इन्चार्ज राजन सी ले नेकपा संसदीय व्यवस्थामा जानका लागि समाजवादी मोर्चामा सहभागी नभएको प्रष्ट पारेका छन्।बुधबार स्याङ्जाको वालिङमा जनपत्रकार संगठन नेपाल गण्डकी समन्वय समितिद्वारा आयोजित आधारभूत पत्रकारीता तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नेता राजनले केही विरोधी तत्वहरूले समाजवादी मोर्चाको विषयमा भ्रम सिर्जना गरेको भन्दै त्यसो नभएको स्पष्ट पारेका हुन्। उनले भने “हाम्राे पार्टी संसदीय व्यवस्थामा जाने भए हामी पहिले नै ६४ साल देखिनै जान सकिन्थ्यो तर हाम्रो पार्टीले त्यो भनिरहेको छैन, यो सिस्टम खराब छ यसको सट्टा वैज्ञानिक समाजबाद चाहिन्छ याे हाम्राे माग छ। त्येसैले कोही भ्रममा पर्न जरुरी छैन्। सिस्टम असफल भएकै कारण देशका सबै नेता असफल भएका हुन यसलाई सुधार गर्न जरुरी छ। आहिले अमेरिकी साम्राज्यवाद जसरी हस्तक्षेप गर्न खोजिरहेको छ यसैका लागी समाजवादी मोर्चाको आवश्यकता पारेको हो।”
सोहि कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले समाजमा वर्ग रहेसम्म पत्रकारिता पनि वर्गीय हुने बताए
। उनले वर्तमान समयमा सबै भन्दा मुख्य र निर्णायक हतियार सञ्चार माध्यम भएको दावि गर्दै भने- ”जुन वर्ग, पार्टी र बिचारसंग याे क्षेत्रको राम्राे व्यवस्थापन र पकड छ ,आजको विश्व त्यसले चलाउने हो, शक्तिमा रहनका लागि कि त उसंग शक्तिशाली सेना हुनु पर्यो कि त ब्यवस्थित सञ्चार माध्यम हुनु पर्यो तर सेना र पत्रकारितामा पनि अगाडिको सेना भनेको पत्रकारिता नै हो।”
उक्त कार्यक्रममा जनपत्रकार संगठनका पूर्वअध्यक्ष प्रकाश डुम्रेले कार्यक्रम सफलताको शुभकामना दिँदै पार्टी आन्दोलनमा पत्रकारिता क्षेत्रको ठुलो योगदान रहने बताए ।

प्रतिक्रियाहरु

[anycomment]