नेकपा डोटीद्वारा सुदूरपश्चिमको बजेट सच्याउन माग

२०८० असार ८ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी डोटीले सुदुरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट जन आवश्यकता भन्दा पनि पहुँच र कार्यकर्ता पाल्ने मनसायसहित आएको जनाएको छ । बिहीबार नेकपा डोटी जिल्ला इन्चार्ज विमल सीले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशबासी सबैले समान कर तिर्ने हुँदा पनि बजेट बिनियोजनमा डोटी जिल्लाका जनतालाई थोरै रकम छुट्याएको उनले बताएका छन् ।
असमान तरिकाले बाँडफाँड भएको आर्थिक वर्ष २०८०/८१ को उक्त बजेटप्रति नेकपा डोटीले खेद प्रकट गरेको छ । विज्ञप्तिमा उल्लेख गर्दै नेकपाले भनेको छ , “ समानताका आधारमा न्यायोचित बजेट बाडफाड गराउन पहल गर्न सम्पूर्ण जनप्रतिनिधि र प्रदेश सभा सदस्यज्युहरुलाई हार्दिक अपिल गर्दछौँ । बजेट नसच्याइ जस्ताको त्यस्तै पास भएमा हाम्रो पार्टी जनसंघर्ष गर्न बाध्य हुनेछ ।”
सुदुरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट वास्तविक आवश्यकता भन्दा पनि पावर , पहुँच र नातागोताको आधारमा बढी केन्द्रित भएर आएको भन्दै चौतर्फी विरोध पनि भइरहेको छ । – गणेश एसके

प्रतिक्रियाहरु

[anycomment]