समाजवादी मोर्चा देशको आवश्यकता र जनताको माग

२०८० असार ८ गते, शुक्रबार

काठमाडौँ । ललितपुरमा क्रियाशील चारवटा राजनीतिक दलहरुलेसमाजवादी मोर्चाको निर्माण देशको आवश्यकता र जनताको माग भएको भन्दै मोर्चा सम्बद्ध केन्द्रिय नेताहरूले गरेको निर्णयको स्वागत गरेका छन। शुक्रबार चार ओटा दलका जिल्ला नेताहरूको संयुक्त बैठक पछि एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो निर्णय गर्ने जनाएका हुन। जारी संयुक्त बिज्ञप्तीमा “नेपाली जनताको बलिदानीपूर्ण संघर्षहरुबाट प्राप्त संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको रक्षा र विद्यमान राष्ट्रिय समस्याहरलाई दीर्घकालिन रुपमा हल गर्दै देशलाई समृद्ध र थप अग्रगमनको दिशा तर्फ अगाडि बढाई वैज्ञानिक समाजवादको स्थापनार्थ गठित समाजवादी मोर्चा नेपाल, नेपाली जनताको भावना, माग र देशको आवश्यकता अनुकूल भएको ठहर गर्दै केन्द्रिय पहल एंव निर्णयको हार्दिक स्वागत गर्दछौं”भनिएको छ।

प्रतिक्रियाहरु

[anycomment]