अ.ने.म.संघ क्रान्तिकारी काभ्रेको अध्यक्षमा बिमला सी
काठमाडौँ । अखिल नेपाल महिला संघ क्रान्तिकारी काभ्रेको प्रथम जिल्ला भेलाले बिमला सीको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष मैना सी, सचिव मोनिका सी, सह सचिव निरु सी, कोषाध्यक्ष दिव्या सीलगायत रहेका छन।
उक्त जिल्ला भेलाको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति जह तथा जिल्ला इन्चार्ज बिन्दु सीले मैनबत्ति बालेर गरेकी थिइन् । भेलालाई सम्बाेधन गर्दै बिन्दु सीले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न महिलाहरूको निकै महत्वपूर्ण भूमिका रहने बताइन् । उनले भनिन्, “हामी महिलाहरु जुरुक्क नउठेसम्म क्रान्ति सम्पन्न हुँदैन, क्रान्ति सम्पन्न नभएसम्म वैज्ञानिक समाजवाद आउँदैन, वैज्ञानिक समाजवाद नआएसम्म महिलाको अधिकार पूर्ण रुपमा सुनिश्चित हुँदैन त्यसैले हामी एकताबद्ध भएर आन्दोलनमा लाग्नु पर्दछ ।”
बिमला सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रिय सदस्य तथा पूर्वी ताम्सालिङ व्युरो संयोजक पवित्रा सी, पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य प्रताप सी, व्युरो सदस्य राजेन्द्र सी, जिल्ला सेक्रेटरी सुरेन्द्र सी, पांचखाल नगर इन्चार्ज रमेश सी, बनेपा इन्चार्ज परिभाषा सी, धुलिखेल इन्चार्ज क्षेत्र सी, भुम्लो गा. पा. इन्चार्ज लालबहादुर सीले शुभकामना मन्तव्य राखेका थिए ।