समाजवादी मोर्चाको माल्कोटमा वैठक सम्पन्न
काठमाडौं। समाजवादी मोर्चा नेपालको वडा स्तरिय वैठक कालिकोट जिल्ला शहिद स्मृति गाँउ अन्तर्गत वडा न. ६ माल्कोटमा सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सीको उपस्थितिमा वैठक सम्पन्न भएको हो । वैठकमा नेकपाका नेताहरु धरातल सी, अर्जुन सी, अखडा सी, अरिगल सी, निर्मल सी, नेकपा (माओवादी केन्द्र) का वैकल्पीक केन्द्रीय सदस्य तुलराम विक (दैलेखी), ६ न. वडा अध्यक्ष पौराम विक, नेकपा (एकीकृत समाजवादी) का नेता अशोक कुमार शाही, स्थानिय विद्यालय व्यवस्थापन समिति अध्यक्ष साथै स्थानिय जनप्रतिनिधिहरुको उपस्थितिमा वैठक सम्पन्न भएको हो । १० बर्षे जनयुद्ध र एकीकृत जनक्रान्तिको केन्द्रको रुपमा रहेको माल्कोटलाई समाजवाद निमार्णको पनि केन्द्र वनाउनु पर्ने र माल्कोटको विकासमा सवैले जोड दिनुपर्ने विषयमा वैठकमा जोड दिइएको थियो ।