नेकपा पाँचथरले लियो संरक्षणबिहिन चिया बगानको जिम्मा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी पाँचथरले फाल्गुनन्द गाउँपालिका वाड नम्बर ४ स्थित देउराली तिनचुले भन्ने ठाउँमा रोपिएका लगभग ३५ हजार चियाको बिरुवालाई संरक्षण र उत्पादन गर्ने घोषणा गर्दै पार्टीको नियन्त्रणमा लिएको इन्चार्ज सन्तोष सीले जानकारी दिए।
जनयुद्धको दौरान तत्कालीन नेकपा (माओवादी) ले आफ्नो नियन्त्रणमा लिएको अन्दाजी ७५/८० रोपनी जमिनमा रोपिएको ३५ हजार चियाका बिरुवाहरु र गोब्रे सल्लो,धुपी सल्लो, पिप्ली जडिबुटी ३००० गरि टोटल ३८ हजार बिरुवा २०६१ मा माओवादीले रोपेको बिरुवा माओवादी आन्दोलनको विघटन संगसंगै लाबारिस अवस्थामा छोडिएको इन्चार्ज सन्तोष सीले जानकारी दिए। उनले मेची व्यूरोको सम्पुर्ण पार्टीको युवा टिमलाई उक्त कार्यमा केन्द्रित गर्दै एक महिनाभित्र बगान गोडमेल तथा सरसफाइ कार्यक्रम सम्पन्न गरि अर्को आउने आर्थिक बर्षदेखि चियालाई पुर्ण उत्पादनमा ल्याइ बजारीकरण गर्ने बताए।
उक्त उत्पादन कार्यक्रम उद्घाटनको सहजीकरण जिल्ला सेक्रेटरी हुकुम सीले गर्दै अगामी दिनमा पाँचथर जिल्लाको विशेषता अनुसार उच्च पहाडि भेगमा चिया, जडिबुट, अदुवा, आलु, समेतको उत्पादनलाई वृद्धि गर्दै जिल्ला पार्टीलाई आत्मानिर्भर बनाउने बताए। कार्यक्रममा पालिका इन्चार्ज कबिराज सीलगायत स्थानिय जनताको सहभागीता रहेको थियो ।