प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बरमा

२०८० असार १८ गते, सोमबार


काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले आगामी अगस्टमा चीन भ्रमण गर्ने खुलासा गरेका छन् । आज प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन् । मन्त्री साउदले चीन र भारतको उदाउँदो अर्थतन्त्रबाट नेपालले लाभ लिनुपर्ने पनि बताए ।
‘प्रधानमन्त्रीजीको चीन भ्रमण हुँदैछ । सेप्टेम्बरमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा केही उपलब्धि हुनेछ’, मन्त्री साउदको भनाइ छ । उनले उत्तरतिर चीन आर्थिक र राजनीतिक रुपमा पनि उदाएको भन्दै चिनियाँ विकासको छलाङलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताए ।
प्रधानमन्त्री दाहाल जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा गएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]