समाजवादी मोर्चा नेपालको कार्यदलको बैठक बस्दै

काठमाडौँ । समाजवादी मोर्चा नेपालको कार्यदलको बैठक आज अपरान्ह ४ बजे बस्ने बताइएको छ । बैठक नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्ने नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा कार्यदलका सदस्य प्रकाण्ड सी ले जानकारी दिए ।
उक्त कार्यदललाई समाजवादी मोर्चा नेपालको पहिलो बैठकले मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिता बनाउनका लागि तीन दिनको समयसीमा दिएको छ । उक्त कार्यदलमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी , नेकपा समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका छन् ।
उक्त कार्यदलले तयार पारेको मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहितासहितको प्रस्तावमाथि यहि आसार २७ गते बस्ने समाजवादी मोर्चाको बैठकमा छलफल गरेर मुर्तरुप दिने बताइएको छ।