ललिता निवास प्रकरण: थप २ जना पक्राउ

२०८० असार २६ गते, मंगलवार

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) ललिता निवासको जग्गा प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ । सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले पूर्व नायबसुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरू काठमाडौंबाट पक्राउ परेका हुन् । पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु हुन् भने मिश्र खरिदार हुन् ।

प्रतिक्रियाहरु

[anycomment]