नक्कली भुटानी शरणार्थी प्रकरण : फरार तुलाधर पक्राउ

२०८० असार २८ गते, बिहीबार

काठमाडाैं। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका केशव तुलाधर पक्राउ परेका छन । जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरुलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार रहेका तुलाधरलाई प्रहरिले सानो भर्‍याङबाट पक्राउ गरेको हो। पक्राउ परेका तुलाधरलाई ठगी तथा संगठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ। तुलाधरसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ।

प्रतिक्रियाहरु

[anycomment]