६ नियोगमा राजदूत सिफारिस

काठमाडौं । सरकारले रिक्त रहेका ६ नियोगमा राजदूत सिफारिस गरेको छ । सरकारले क्यानडाबाहेक अन्य स्थानमा मन्त्रालयका सहसचिवहरूलाई राजदूतमा सिफारिस गरेको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव लोकबहादुर थापालाई सिफारिस गरिएको छ । थापा बेल्जियमका लागि नेपालका पूर्वराजदूत हुन् भने अहिले मन्त्रालयमा उत्तरपूर्वी एसियाका महाशाखा प्रमुखका रूपमा कार्यरत छन् । उनीबाहेक बाँकी ५ जना सहसचिव पहिलो पटक राजदूतमा सिफारिस भएका छन् ।
जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव रामप्रसाद सुवेदीलाई सिफारिस गरिएको छ । प्रोटोकल डिभिजनका प्रमुख सुधीर भट्टराईलाई फ्रान्सका लागि राजदूतमा सिफारिस गरिएको छ ।
यस्तै, प्रशासन प्रमुख धनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस गरिएको छ । सहसचिव तेजबहादुर क्षेत्रीलाई यूएईको राजदूतमा सिफारिस गरिएको छ । सहसचिव धनबहादुर वली थाइल्यान्डको लागि राजदूत सिफारिस भएका छन् ।