फोहोरमा शुल्क लिने निर्णयबिरुद्ध रिट दायर हुँदै
काठमाडौं । टोखा नगरपालिका र फोहोरमैला ब्यबस्थापन संघले नुवाकोटको ककनी गाउँपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइट जाने गाडीलाई प्रवेश शुल्क लिने निर्णयबिरुद्ध आइतबार सर्वोच्चमा रिट दायर गर्ने भएका छन । ककनी गाउँपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गरेबापत प्रति सवारी साधनलाइ एक पटकमा सय रुपैयाँ र अन्य गाडीलाई पटकैपिच्छे एक हजार शुल्क लिने गरी प्रस्ताव गरेपछी त्यसको बिरोधमा टोखा नगरपालिका र फोहोरमैला ब्यबस्थापन संघ सर्वोच्चमा रिट हाल्न लागेको हो । स्थानीय तहलाई सवारी साधनमा कर उठाउने अधिकार नभए पनि ल्याण्डफिल साइट प्रभावित क्षेत्र भएकाले साउन १ गतेदेखि फोहोरका गाडीलाई प्रवेश शुल्क लिने निर्णय ककनी गाउँपालिकाले गरेको थियो । गाउँपालिकाले फोहोर लिएर जाने गाडीहरुलाई त्यस विषयमा जानकारी गराएको थियो । हाल उपत्यकाका १७ स्थानीय तहका ८० प्रतिशत फोहोर निजी क्षेत्रले ब्यबस्थापन गरिरहेकामा निजी क्षेत्रका ७९ वटा संस्थाले फोहोर संकलन र व्यवस्थापन गरिरहेको छ ।