राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी ३ विधेयक प्रमाणीकरण
२०८० असार ३१ गते, आईतवार
काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रमाणीकरण गरेका छन । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी बजेटसँग सम्बन्धित तीन वटै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको हो । राष्ट्रपति पौडेलले विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले सङ्घीय संसदबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेस हुन आएका उक्त विधेयक प्रमाणीकरण गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।