नेकपा महासचिव विप्लव सीद्वारा युवा नेता वज्राचार्यलाई स्वागत तथा सम्मान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले ३७ महिनापछि रिहा भएका ललितपुरका युवा नेता श्याम वज्राचार्यलाई स्वागत तथा सम्मान गरेका छन । आईतवार ललितपुरको नखु कारागारबाट रिहाइ भएका बज्राचार्यलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले आज बिहान पार्टी कार्यालय हरिसिद्धिमा स्वागत तथा सम्मान अभिनन्दन गरेका हुन्।
स्वागत पश्चात महासचिव विप्लव सी ले जेल मोर्चा कुशलता पूर्वक समाल्न सफल भएको भूमिकाप्रति सम्मान गर्दै आफूहरु समाजबादी क्रान्तिकाे बाटोमा अघि बढिरहेकोले सबैले साथ दिनुपर्ने बताएका थिए।

उक्त अवसरमा नेता श्याम वज्राचार्यले पनि विगतझै अव आगामी दिनमा पनि पार्टी र आन्दोलनप्रति इमान्दारिता पूर्वक आफनो भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । नेता श्यामलाई हातहतियार खरखजाना तथा विस्पोटक पदार्थ सम्बन्धि आरोपमा पक्राउ गरी मुद्दा चलाईएको थियो। जिल्ला अदालत ललितपुरले उनलाई ३ वर्ष १ महिना सजाय र ३५ हजार रुपैयाँ जरिवाना भुक्तान गरिसकेको भन्दै थुना मुक्त गर्न आदेश दिएको थियो।