सांसद विकास कोष खारेज गर्न माग गर्दै रिट दर्ता

२०८० श्रावण ३ गते, बुधबार

काठमाडौं। अधिवक्ता अनिल आचार्यसमेतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै आचार्यसमेतले सार्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। उक्त रिटको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमले देशलाई ८ अर्ब २५ करोड रुपैयाँ व्ययभार बढेको जिकीर गरिएको छ। उक्त कार्यक्रमअनुसार प्रतिनिर्वाचन क्षेत्र ५ करोडका दरले दिने गरी रकम विनियोजन गरिएको रिटमा उल्लेख छ।

प्रतिक्रियाहरु

[anycomment]