नेकपा झापाद्वारा जिल्ला सहकारी संघलाई कारबाही गर्ने चेतावनी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्ला सहकारी संघलाई कारबाही गर्ने चेतावनी दिएको छ। सो पार्टीले संघको कर्तुतप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै चेतावनीसहितको विज्ञप्ति जारी गरेको छ।
गत साउन १० गते झापा जिल्ला सहकारी संघले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीको नाम नै किटान गरेर कर्मचारीलाई धम्कि दिएको, तालाबन्दि गर्न खोजेको, कर्मचारिलाई मानसिक तनाब दिएको, अमर्यादित गतिबिधी गरेको जस्ता आरोप लगाउँदै कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो । सहकारी संघको उक्त विज्ञप्तिको खण्डन गर्दै नेपाल कम्युनिस्ट पार्टी झापाका इन्चार्ज प्रशान्त सी र सचिव सञ्जय सीले विज्ञप्ति जारी गर्दै आफ्ना कर्तुतहरुलाई ढाकछोप गर्ने र जनता माथि शोषण र दमनको वातावरण बनाउने काम झापा जिल्ला सहकारी संघ भनिने संस्थाले गर्दै आइरहेको र सोहि प्रकारको कामलाइ पु:न दोहोर्याएको बताएका छन ।
उनीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “जनताको समस्या र संकटको अगाडि तुच्छ प्रतित हुने यस्ता बकवास बिज्ञप्तिको कुनै अर्थ नरहेको र यस्ता बिज्ञप्तिमा जनताको संकट समाधानको निम्ति अहोरात्र खटिरहेको नेपाल कम्युनिस्ट पार्टीको नाम नजोड्न बिज्ञप्ति प्रस्तोता हरुलाइ गम्भिर चेतावनि दिन चाहान्छौं ।”
देशमा यतिबेला बित्तिय संकट रहेको र नागरिक हरुको जिवन आक्रान्त बनेको बेला सहकारी संस्थाको नाममा आर्थिक लुटपाट गरिरहेका नंया अवतारका सुदखोरहरु जनताबाट पैसा उठांउदै आफ्नो स्वार्थ अनुकुल बिभिन्न क्षेत्रमा लगानि गरिरहेको र जनताको बचत फिर्ता समेत नगरी उल्टो भागिरहेको विज्ञप्तिमा उल्लेख छ। जारी विज्ञप्तिमा भनिएको छ- “जनताको पैसा माथि रजांइ गरिरहेका सहकारी संचालकहरु र संस्थाहरुको हर्कतउपर कुनै नियमन छैन । सहकारी सिद्धान्तको धज्जि उडाएर नव सुदखोरको रुपमा उदाएका सहकारी साहुहरुले जनताको बिचमा उठेका संकट र यसको समाधानको पाटो खोज्न जनताको संकट समाधानको निम्ति प्रयत्नशिल हाम्रो पार्टी संग छलफल गर्नुको साटो कानुनको हवला दिंदै धम्किपुर्ण बिज्ञप्ति प्रकाशित गर्नुले सहकारि साहुहरुको बिक्षिप्ततालाई उजागर गरेको छ ।”
झापा जिल्लामा यिनै सहकारी मिटरब्याजि, लघुबित्त र बैंकहरुको चर्को शोषणबाट जनताहरुको जिवन तहसनहस बनेको र उजाडिएको नेकपाले बताएको छ । न्यायको सम्पुर्ण ढोकाहरु ढक्ढक्यांउदै जनता केहि आशा र अपेक्षा लिएर पार्टीमा आइपुग्ने स्थिती बनेको र जनताका अप्ठ्याराहरुलाइ सहज बनाउन भुमिका खेल्नु र जनताको रक्षा गर्दै जनसेवामा लागिरहनु पार्टीको दायित्व रहेको नेकपाले बताएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ – “हामि हाम्रो दायित्वमा स्पष्ट, दृढ र प्रतिबद्ध छौं । सहकारि संघले यसरि धम्किपुर्ण बिज्ञप्ति निकालेर नव सुदखोर साहुको रुपमा आफुलाई चित्रित गरेर बदनामि कमाउनु भन्दा समस्याहरु के हुन, कंहाबाट उठे र यसको समधान के हुन सक्छ भनेर सरोकारवाला सबै संग छलफल गर्न सुझाव दिन चाहान्छौं । अन्तमा, कानुनको हवला दिंदै जनता र न्यायपुर्ण आन्दोलनमा खटिरहेको पार्टीलाई समेत धम्काउने अन्यायपुर्ण ब्यवहारलाई कायम राख्ने हो भने यस्ता तुच्छ लुटेरा हर्कत बिरुद्ध कारबाहि संचालन गरिने चेतावनि दिन चाहान्छौं ।”