सर्वदलीय बैठकमा एमाले अनुपस्थित !

२०८० भाद्र ५ गते, मंगलवार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको छ । राष्ट्रिय राजनीतिमा राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको भन्दै एमालेले उक्त बैठक बहिस्कार गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, रास्वपाका सभापति रवि लामिछाने, जसपा नेता प्रदीप यादव, जनमत पार्टीका नेता अब्दुल खान, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, स्वतन्त्र सांसद अमरेश कुमार सिंहलगायतका नेताहरूको सहभागिता रहेको छ ।
सर्वदलीय बैठकमा संसद सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल गरिने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]