प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुने

काठमाडौं । आजको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ । बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन यही भदौ अन्तिम साता अमेरिका जान लागेका हुन् ।
यसैगरी, मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई एकसाथ संलग्न नेपाल धितोपत्र निस्कासन सातौं संशोधन नियमावली संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयकै प्रस्तावमा धुलिखेल अस्पताल आपतकालीन केन्द्र तथा सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने ३ अर्ब २० करोड ६० लाख जापानी यन अनुदान सहायता स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।