समाजवादी मोर्चाको लुम्बिनी प्रदेश घोषणा सभा भदौ १२ गते

२०८० भाद्र ११ गते, सोमबार


काठमाडौँ । समाजवादी मोर्चा नेपालको घोषणा सभा लुम्बिनी प्रदेशमा हुने भएको छ । मोर्चाले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरेर सभाको तयारीबारे जानकारी गराएको हो । मोर्चामा सहभागी चार दलका केन्द्रीय अध्यक्षको सहभागितामा भदौ १२ गते बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रदेश मोर्चा घोषणा सभा हुने बताइएको छ । घोषणा सभाको व्यवस्थापन नेपाल कम्युनिष्ट पार्टीले लिएको सो पार्टीका लुम्बिनी ब्युरो इन्चार्ज वसन्त सीले बताए ।
पत्रकार सम्मेलनमा बसब्त सीले देशको राजनितिक अवस्था फेरिएको कारण विगतमा भएका आन्दोलनको उपलब्धिमाथि प्रहार हुने सम्भावना बढेको उल्लेख गर्दै देशी तथा विदेशी शक्तिको चलखेल रोक्न मोर्चा आवश्यक रहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]