नेकपा सल्यानले राजनीतिक तथा वैचारिक कामलाई तिब्रता दिने

२०८० भाद्र ११ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सल्यानले राजनीतिक तथा वैचारिक कामलाई तिब्रता दिने भएको छ। सो पार्टीको उत्तर जिल्ला समिति र दक्षिण जिल्ला समितिकाे संयुक्त चाैथाे पूर्ण बैठकले जनसंघर्ष, पार्टीसंगठन, राजनीतिक तथा वैचारिक काम, जनवर्गिय संगठन, आर्थिक लगायतका बिभिन्न निर्णयहरु गरेको छ।
संयुक्त जिल्ला समितिकाे चाैथाे पूर्ण बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण जिल्ला इन्चार्ज अनिल खडका सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर जिल्ला इन्चार्ज भीम भारती सीले राजनीतिक, वैचारिक तथा पार्टीकाे केन्द्रीय समितिले पारित गरेको दस्तावेजमा आधारित रहेर पार्टी प्रशिक्षण दिएका थिए ।
उक्त बैठकले गरेका निर्णयहरु यस प्रकार रहेको जनाइएको छ –
१) राष्ट्रघाति MCC काे विरुद्धमा जिल्लामा जाेडदार संघर्ष गर्ने ।
२) संगठन विस्तार गर्ने साे काे लागि, ‘सल्यानी जनताको सुखदुःखकाे साथि! नेपाल कम्युनिस्ट पार्टी !!’ नारा सहित जनएकता अभियानलाई निरन्तरता दिने ।
३) पालिकाहरुमा बैठक सहित राजनीतिक/वैचारिक पार्टी प्रशिक्षण गर्ने । पालिकाहरुमा समसामयिक बिषयमा राजनीतिक अन्तरक्रिया गर्ने ।
३) भ्रष्टाचार, अनियमितता, बेथिति, महिला हिंसा, बैंक र लघुवित्तहरुकाे ज्यादतीका विरुद्धकाे संघर्षलाई निरन्तरता दिने ।
४) युवा संगठन, महिला संघ, राष्ट्रिय उद्योगले वाणिज्य महासंघ, श्रमिक समुदाय माेर्चा, ट्रेड युनियन महासंघ, किसान संघ, जनपत्रकार संगठन, मगर माेर्चा लगायत भ्रातृसंगठनहरुका जिल्लाभेला तथा सम्मेलन गर्ने ।
५) समाजवादी माेर्चाका कार्यक्रमहरुमा पहलकदमि लिने, सक्रिय सहभागीता जनाउने। समाजवादी माेर्चालाई जिल्लामा नेतृत्व प्रदान गर्ने ।
बैठकमा हालै पार्टीको केन्द्रीय प्रतिनिधि समिति सदस्य मनाेनित हुनु भएकि हेमन्ता बुढाथोकी सीलाई स्वागत गरिएको थियो । बैठकमा दुवै जिल्ला समितिका सचिवालय सदस्यहरु, जिल्ला सदस्यहरु, पालिका इन्चार्ज र सचिवहरु, जिल्ला सल्लाहकार समितिका अध्यक्ष प्रदीप वली सी, सल्लाहकार सदस्यहरु लगायत उपस्थित रहेको सचिवालय सदस्य राजेन्द्र खडका सीले बताए ।
संयुक्त जिल्ला समितिकाे बैठकमा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर जिल्ला समिति सचिव मदन चन्द सीले बैठककाे अध्यक्षता गरेका थिए। बैठकमा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा दक्षिण जिल्ला समिति सचिव वीरबहादुर सीले संचालन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]