एमसीसी पारित गर्न परे आत्महत्या गर्छु भन्नेले नै एमसीसी टेबुल गरे !
२०८० भाद्र ११ गते, सोमबार
काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गर्न परे आत्महत्या गर्छु भन्नेहरु नै सम्झौताको पक्षमा उभिएको बताएका छन् । नेकपाद्वारा काठमाडौँमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता बास्तोलाले एमसीसी टेबुल गर्नुप-यो भने आत्महत्या गर्छु भन्ने स्वयमले एमसीसीको पक्षमा हस्ताक्षर गरेको बताउदै भने- ‘सभामुख अग्नि सापकोटा हुनुहुन्थ्यो र उहाँले के भन्नु भएको थियो भने यो एमसीसीमा हस्ताक्षर गर्नुप-यो भने अर्थात टेबुल गर्नुप¥यो भने म आत्महत्या गर्छु टेबुल गर्दिन भन्नु भएको थियो । तर त्यहि अग्नि सापकोटाले नै त्यो काम गर्नुभयो ।’