कोशी प्रदेश नामकरणविरुद्ध प्रदर्शन

२०८० भाद्र १७ गते, आईतवार


काठमाडौँ । किरात याक्थुङ चुम्लुङको ३५ औँ स्थापना दिवसको अवसर पारेर कोशी प्रदेश नामकरणविरुद्ध ललितपुरमा प्रदर्शन भएकाे छ ।
उक्त विरोध प्रदर्शनमा ५ सय वटा च्याब्रुङ बजाउँदै जावलाखेल चोक हुँदै एकान्तकुनास्थित रहेकाे किरात याक्थुङको केन्द्रीय कार्यालयसम्म विरोध र्‍यालीको निकालेका हुन् । कोशी प्रदेश खारेज गरी मौलीक पहिचानको आधारमा लिम्बुवान,किरात प्रदेश कायम गर भन्ने मूल नाराका साथ विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]