ललितानिवास जग्गा प्रकरण: थुनछेक बहस सुरु

२०८० भाद्र १७ गते, आईतवार

काठमाडौँ । ललितानिवास जग्गा प्रकरणमा आइतबारदेखि पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा थुनछेक बहस भएको हो । यसअघि पक्राउ परेका १८ जना प्रतिवादीको बयान पनि यही इजलासका अधिकृतहरूले गरेका थिए । ललितानिवास जग्गा प्रकरणमा शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ,कलाधर देउजा, बालकृष्ण श्रेष्ठ,घमनकुमार कार्की, गोपाल कार्की र बेदप्रकास पौडेल पक्राउ परेका थिए ।
यस्तै,युवराज पौडेल,नारायणराज मिश्र,अरुणकुमार श्रेष्ठ, ध्रवप्रसाद अर्याल, बाबुराजा महर्जन, केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन र लोकहरि घिमिरेलाई पनि पक्राउ गरिएको थियो । उनीहरूका विषयमा अब क्रमैसँग थुनछेक बहस हुनेछ । थुनछेक बहसका लागि शुक्रबार नै जिल्ला सरकारी वकिललाई खबर गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]