नेकपा चितवनद्वारा राजनीतिक, सामाजिक बेथितिविरुद्ध सङ्घर्ष गर्ने उद्घोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी चितवनले राजनीतिक र सामाजिक बेथिति विरुद्ध सङ्घर्ष गर्ने उद्घोष गरेको छ । सो सोमबार पार्टीका चितवन जिल्ला सेक्रेटरी अटल सीको अध्यक्षतामा बसेको बैठकले उक्त उद्घोष गरेको हो । M.C.C. सम्झौता राष्ट्रघाती र देशको हित विपरित भएका कारण यसका विरुद्ध नेकपा चितवनले कडा सङ्घर्ष गर्ने साथै पार्टी केन्द्रको निर्णयलाई आत्मसाथ गर्दै भ्रष्टचार र दलाली विरुद्ध जनतालाई जागृत गर्न जनतासँग पार्टी विशेष कार्यक्रमहरु संचालन गर्ने जस्ता विविध निर्णयहरु जिल्ला समिति बैठकबाट पारित गरिएको सेक्रेटरी अटल सीले बताए ।
पश्चिम नारायणी ब्युरो इन्चार्ज तथा पि.बि.एम एटम सीको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकमा केन्द्रीय उत्पादन विभाग का सदस्य तथा चितवनका प्रमुख पि.वि.एम सन्देश सीको विशेष आतिथ्यता रहेको थियो भने अतिथिमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी चितवन जिल्ला इन्चार्ज उत्सव सी रहेका थिए ।