‘संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ’

२०८० भाद्र २७ गते, बुधबार


काठमाडौँ । नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके देशबाट संघीयता खारेज हुनसक्ने बताएका छन । जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेजपनि हुन सक्ने बताएका हुन् ।
उनले संघीयताको भविष्यलाई लिएर अहिले नै कुनै निर्णयमा पुग्ने स्थिति नरहेको बताउँदै आम जनता र मुलुकका लागि कसरी फलदायी हुनसक्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
संघीयता आमनेपाली जनताका लागि फलदायी नभए मुलुककै लागि बोझ हुने भएकाले चाहेर वा नचाहेर पनि संघीयता टिक्न नसक्ने बताए। सरकारकै घटक दल नेपाली कांग्रेस समाजवादी मोर्चालाई लिएर सशंकित रहेको समयमा उनले मोर्चाले सरकारलाई कुनै असर नगर्ने दाबी गरे । यसका साथै सम्पूर्ण वामपन्थी शक्ति मोर्चामा आबद्ध हुन सक्ने बताउँदै खनालले साझा धारणा नबनेसम्म मोर्चावद्ध हुन सम्भव नरहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]