संयुक्त जवस मोर्चाले एमसीसीविरुद्ध सडक र कानुनी सङ्घर्ष गर्ने

२०८० भाद्र २८ गते, बिहीबार


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी काठमाडौं (k1) जिल्ला स्थित संयुक्त जनवर्गीय संगठनहरूले MCC विरुद्ध सडक र कानुनी दुवै सङ्घर्ष गर्ने बताएको छ । जवस मोर्चाको संयुक्त प्रथम बैठकले सो निर्णय गरेको बताइएको छ । उक्त बैठकका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भृकुटी सीले नेपाली जनताकाे प्रधान अन्तरविरोध अमेरिकी साम्राज्यवाद भएको बताइन । धर्म र आर्थिक हिसाबले नेपाली समाजलाई भाड्न खोजेको भन्दै MCC विरुद्ध सशक्त प्रतिरोध गर्न आग्रह गरिन
बैठकले असोज ४ गते MCC विरुद्ध मोटरसाइकल र्यालीसहित लफ्सिफेदीमा जनसभा गर्ने र उक्त जनसभामा देशभक्त, राष्ट्रवादी जनसमुदायलाई उपस्थितिको लागि अनुरोध पनि गरेको छ । बैठकले भ्रष्टाचार, महँगी र सामाजिक बेथितिका विरुद्ध संघर्ष गर्ने, प्रत्येक महिना पार्टीको स्कुलिङ सन्चालन गर्ने निणर्य समेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]