नेकपा पूर्वी उदयपुरले एमसीसीविरुद्ध संघर्ष चर्काउने
२०८० भाद्र २८ गते, बिहीबार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पूर्वी उदयपुरले एमसीसीविरुद्ध संघर्ष चर्काउने बताएको छ । सो पार्टीको प्रथम पूर्ण बैठकले उक्त निर्णय गरेको बताइएको छ ।
उक्त बैठक जिल्ला सेक्रेटरी अनिता सीको अध्यक्षतामा पार्टी केन्द्रिय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज शैलेश सीको आतिथ्यतामा जिल्ला पार्टी कार्यालय गाईघाटमा सम्पन्न भएकाे हो ।
बैठकले नेकपाको नवाैं केन्द्रीय समितिकाे तेस्रो पूर्ण बैठकले लिएका याेजना र निर्णयलाई जिल्ला पालिका हुँदै गाउँ सेल तहसम्म ढृढताका साथ लागू गर्ने निर्णय गरेकाे छ ।
उक्त बैठकले संगठन, संघर्ष, प्रविधि, अर्थ श्रम संस्कृति उत्पादन, नमुना कार्य लगायत एजेन्डाहरूमा महत्वपुर्ण निर्णय गरेको बताइएको छ ।