प्रधानमन्त्री प्रचण्ड आज साँझ अमेरिका प्रस्थान गर्ने
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन आज साँझ ६ बजे नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्दै छन्। आज साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत न्यूयोर्क प्रस्थान गर्न लागेका उनले असाजे ४ गते संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यसअघि नेपालले राष्ट्र संघमा आबद्ध अल्पविकसित देशको समूह एलडीसीको अध्यक्षता गर्नेछ। अध्यक्ष देशका तर्फबाट प्रचण्डले सम्बोधन गर्नेछन्। यो फोरममा दिगो विकासका लक्ष्य एसडीजीमा चर्चा गर्ने कार्यक्रम छ।
यस्तै प्रधानमन्त्री प्रचण्ड अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ। प्रधानमन्त्री प्रधानमन्त्रीको साथमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनेछन् ।
परराष्ट्रमन्त्री साउद नेतृत्वको टोली भने न्यूयोर्क पुगिसकेको छ। राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाटै असोज ५ गते चीन जाने कार्यक्रम रहेको छ।