नेकपाद्वारा पदमकुमारी पन्तको निधनप्रति दुःख व्यक्त

२०८० भाद्र ३१ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले तत्कालिन जनमुक्ति सेनाका ब्रिगेट सह–कमाण्डर सहिद जितेन्द्र (विनोद पन्त)की आमा पदमकुमारी पन्तको निधन प्रति दुःख व्यक्त गरेको छ । सो पार्टीका महासचिव विप्लव सी ले आज एक शोक वक्तव्य जारी गर्दै दुःखको घडीमा मृतक सहिद आमाप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति सहानुभुती प्रकट गरेका छन् । महासचिव विप्लव सी ले वक्तव्यमार्फत सहिदको सपना पुरा गर्न पार्टी लागिरहने प्रतिवद्धता प्रकटसमेत गरेका छन् ।
सहिद जितेन्द्रकि आमा पन्तको ६८ बर्षको उमेरमा क्यान्सर रोगबाट यही भदौ २९ गते बेलुका असामयीक निधन भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]