नेकपा हुम्लाले एमसीसीविरूद्ध संघर्ष चर्काउने

२०८० आश्विन १ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी हुम्लाले एमसीसीविरूद्ध संघर्ष चर्काउने बताएको छ। सो पार्टीको हालै सम्पन्न दाेस्राे पूर्ण बैठकले उक्त निर्णय गरेको बताइएको छ । यसैगरी, उक्त बैठकले आन्तरिक पार्टी सुढृद गर्ने, बैठक प्रशिक्षण गर्ने, समाजवादी माेर्चा देशभक्तिसँगकाे छलफल, अन्तरक्रिया र सहकार्य गर्ने तथा एमसीसी विरूद्धकाे संघर्ष गर्ने, हुम्लामा भएकाे भ्रष्टाचार, महङ्गी विरूद्ध जनताहरूकाे सहभागितामा संघर्ष गर्ने र पार्टी नेताकार्यकर्ता र जनता आत्मनिर्भर बनाउन उत्पादनमा कार्यमा जाेड दिने निर्णय गरेकाे छ ।
बैठकमा प्रमुख अतिथिको रुपमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उत्तर कर्णाली व्युराे इन्चार्ज संगम सी, केन्द्रीय सदस्य छितिज, केन्द्रीय सदस्य कृण सी, केन्द्रीय प्रतिनिधिहरू निमार्ण सी, विश्वदिप सी लगायतको उपस्थिति रहेको थियो ।
बैठकको संचालन तथा अध्यक्षता जिल्ला सेक्रेटरी विश्वदिपले गरेका थिए ।
यसैबीच, हुम्लामा सर्केगाड गाँउपालिका ४ का नेकपा माओवादी केन्द्रमा लामाे समयदेखि सक्रियता भएर काम गर्दै आएका जग थापा नेकपामा प्रवेश गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]