प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबीच भेटवार्ता

२०८० आश्विन ३ गते, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल प्रचण्ड र श्रीलंकाका राष्ट्रपति राष्ट्रपति रनिल विक्रमासिंघेबीच अमेरिकामा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन अमेरिका पुगेका प्रचण्ड र विक्रमासिंघेबीच न्युयोर्कमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा दुबैबीच नेपाल र श्रीलङ्काबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बीचमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रियाहरु

[anycomment]