समाजवादी माेर्चा नेपाल १ नम्बर प्रदेशद्वारा कार्ययोजना सार्वजनिक
काठमाडौँ । समाजवादी माेर्चा नेपालको १ नम्बर प्रदेशले कार्ययोजना सार्वजनिक गरेको छ । मोर्चाको प्रथम बैठकले प्रदेश १ अन्तरगत १४ वटै जिल्लामा मोर्चाले सन्देश सभा गर्ने र त्यसको मिति ठोस गर्दै कार्य योजना सार्वजनिक हो ।
माेर्चाले १ नम्बर प्रदेश अन्तरगत रहेका १४ वटै जिल्लामा सन्देश सभाको जिम्मेवारी समेत तोकेको छ ।जसमा , नेकपा (माओवादी)लाई सुनसरी, ईलाम, सखुवासभा र सोलुखुम्बु , नेकपा (एकीकृत समाजवादी)लाई उदयपुर, ओखलढुंगा, पाँचथर र तेह्रथुम, जनतासमाजवादी पार्टी लाई मोरङ,धनकुटा र खोटाङ र नेपाल कम्युनिस्ट पार्टीलाई झापा, ताप्लेजुङ र भोजपुर जिल्ला तोकिएको छ भने १४ वटै जिल्लामा सन्देश सभाको मिति ठोस गरेका छ्न। जस अन्तरगत असोज २४ गते देखि २७ गते सम्म १४ वटै जिल्लामा सन्देश सभा गर्ने कार्यक्रम रहेको छ।
उक्त सन्देश सभामा सबै घटक दलहरुले प्रतिनिधि सिफारिस गर्ने र सन्देश सभा व्यवस्थापनको जिम्मेवारी कार्यक्रम संयोजन गर्ने दलले नै गर्ने बताइएको छ ।
त्यस्तै प्रदेश स्तरीय समाजवादी मोर्चाको सचिवालय गठन भएको छ। जसको संयोजकमा दिपक याक्खा सदस्यहरुमा बलदेब चौधरी, सुमन सी, हर्क नेम्वाङ रहेका छन् भने प्रदेश १ स्तरीय समाजवादी मोर्चाले विभिन्न विभाग समेत गठन गरेको छ । जुन यस प्रकार रहेको छ
१)प्रचारप्रसार:-
संयोजक : अनिता सी
सदस्य : सरिता खड्का
सदस्य : घनश्याम कटवाल
सदस्य : देवन चाम्लिङ
२) अर्थ व्यवस्थापन : –
संयोजक : हर्क नेम्वाङ
सदस्य : बल देब चौधरी
सदस्य : सुमन सी
सदस्य : दिपक याक्खा
३) अनुगमन :-
संयोजक : महेश रेग्मी
सदस्य :जयराम यादब
सदस्य : गणेश उफ्रेती
सदस्य: कुमार सी
समाजवादी माेर्चा नेपालको १ नम्बर प्रदेशको उक्त बैठकले १४ वटै जिल्लामा सन्देश सभालाई सबै राजनीतिक दलले जिम्मेवारपूर्ण रुपमा सम्पन्न गर्ने र नगरपालिका,गाउँपालिका, वडासम्म समाजवादी मोर्चाको औचित्य र यसको महत्त्वबारे प्रष्ट पार्ने जानकारी गराउदै उक्त सभामा समाजवादी मोर्चा नेपाल आवद्ध दलका शीर्षस्थ नेतालाई सहभागी गराउने निर्णय गरेको बताइएको छ ।